पोखराबाट मध्यरातमा ठुलो मात्रामा अबैध लागू औषधसहित म्याग्दीका तीन युवती पक्राउ

पोखराबाट मध्यरातमा ठुलो मात्रामा अबैध लागू औषधसहित म्याग्दीका तीन युवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ फाल्गुन २०८२
  • 7.6K
    Shares

पोखरा, ९ फागुन २०८२ ।

पोखराबाट मध्यरातमा ठुलो मात्रामा अबैध लागू औषधसहित म्याग्दीका तीन जना युवती पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं.५ पर्स्यांङबाट गत बुधबार राती सवा ११ बजे ठुलो मात्रामा अबैध लागू औषधसहित म्याग्दीका तीन जना युवती पक्राउ परेका हुन्।

पक्राउ परेका म्याग्दीका युवतीहरुमा म्याग्दीको धौलागिरी गाउपालिका वडा नं. ४ स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नं. १८ मा बस्दै आएका वर्ष ३१ की नर कुमारी घर्ती, वर्ष १८ की अस्मिता घर्ती मगर र वर्ष ४१ की कुन्त माया पाइजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुलाई पोखराको पर्स्याङमा लागू औषध बिक्री बितरण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरुको साथबाट लागू औषध डाईजेपाम दुई सय २४ एम्पुल, फेनारगन दुईसय २४ एम्पुल, ब्रुफिन दुईसय २४ एम्पुल
गरी जम्मा छसय ७२ एम्पुल लागू औषध तथा नगद रकम आठ हजार पाँच सय रुपियाँ र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका तीनै जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया