ललितपुरमा बेपत्ताको खोजीमा ड्रोन क्यामेराको प्रयोग : एक हप्तादेखि बेपत्ता काफ्ले भीरमुनि मृत भेटिए

ललितपुरमा बेपत्ताको खोजीमा ड्रोन क्यामेराको प्रयोग : एक हप्तादेखि बेपत्ता काफ्ले भीरमुनि मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ फाल्गुन २०८२
  • 3.3K
    Shares

पोखरा , ४ फागुन २०८२।

एक हप्ता अघिदेखि निजि कारसहित बेपत्ता रहेका एक व्यक्ति ललितपुरको टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमुनि मृत भेटिएका छन्।

गएको माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमुनि मृत भेटिएका हुन्।

काफ्ले हराएको भन्दै उनका परिवारले खोजी गरिदिन जिल्ला प्रहरी परिसर ललितपुरमा निबेदन दिए पछि प्रहरीले ड्रोनको प्रयोग गरेर काफ्लेको खोजी शुरु गरेको थियो।

खोजीका क्रममा प्रहरीले शुक्रबार (फागुन १) कान्ति लोकपथ क्षेत्रका विभिन्न भिरालो तथा खोचहरूमा ड्रोन क्यामेरा प्रयोग गरेको थियो । सोही क्रममा ड्रोन अपरेटर टार्जन लिम्बुले टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमा एउटा गाडी अडकिएको देखेका थिए ।

अपरेट लिम्बुले भने,‘प्रहरीसँगको सहकार्यमा मैंले ड्रोनमार्फत शव खोजीको काम गरेको थिए । ड्रोनबाट हेर्दा सडकभन्दा ३०० मिटर तल भीरमा गाडी खसेको देखें ।’

ड्रोनबाट प्राप्त दृश्यका आधारमा उक्त गाडी दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काफ्लेको गाडी करिब ३०० मिटर तल भीरमा खसेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार माघ २५ गतेदेखि सम्पर्कविहीन भएका काफ्लेको खोजी कार्यका क्रममा फागुन १ गते ड्रोनमार्फत दुर्घटनास्थल पत्ता लगाइएको हो । हाल शव परिवारले बुझिसकेको छ भने गाडी भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया