पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ फाल्गुन २०८२
  • 3.6K
    Shares

पोखरा , ४ फागुन २०८२।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

निगमले गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एकसय ५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य एकसय ५५ रुपैयाँ पुगेको छ। 

यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य एकसय ५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया