माटोको ढिस्कोले पुरिएर ग्याविन जाली भर्दै गरेका एक मजदुरको मृत्यु, दुई जना घाइते

माटोको ढिस्कोले पुरिएर ग्याविन जाली भर्दै गरेका एक मजदुरको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ फाल्गुन २०८२
  • 6K
    Shares

पोखरा , ३ फागुन २०८२।

माटोको ढिस्कोले पुरिएर म्याग्दीमा ग्याविन जाली भर्दै गरेका एक मजदुरको मृत्यु भएको छ।

बाबियाचौर–सल्यान सडकखण्डको ग्याबिन पर्खाल लगाउने क्रममा दिउँसो करिब १:०० बजे माटोको ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका–२ का २८ वर्षीय सत बुढामगरको मृत्यु भएको हो।

बुढासँगै ढिस्कोले पुरिएका रोल्पाको सुनछहरी–२ का टेकवीर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

टेकवीर र केशमान उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका र मृतक सत बुढाको शव प्रदेश अस्पतालको शवगृहमा परीक्षणका लागि राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

दिउँसो करिब १:०० बजेको समयमा काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खसेर उनीहरूलाई पुरेको थियो । रासस

प्रतिक्रिया