दार्चुलाको नागुवासीद्वारा निर्वाचन बहिष्कारको घोषणा निराश भएर फर्कियो सरकारी टोली

दार्चुलाको नागुवासीद्वारा निर्वाचन बहिष्कारको घोषणा निराश भएर फर्कियो सरकारी टोली


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ फाल्गुन २०८२
  • 3.7K
    Shares

पोखरा , ३ फागुन २०८२।

दार्चुलाको नौगाड गाउँपालिका–१ का नागुवासीले आगामी प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छन् । आफ्नो गाउँ विकासमा पछि परेको भन्दै नागुवासीले आगामी फागुन २१ गते हुने निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै दल र तिनका उम्मेदवारले विकास निर्माणमा लिखित प्रतिबद्धता नगरेसम्म निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

राजनीतिक दल र तिनका उम्मेदवारले नागु क्षेत्रको सडक लगायतका विकास निर्माणका कार्य पूरा नगरेसम्म मतदानमा सहभागी नहुने निर्णय यथावत रहेको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताएका छन् । उनले भने, ‘यहाँको जनताको माग भनेकै दल्लेख–नागु सडक निर्माण हो । सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा हामी पुगेका हौ ।’

निर्वाचन बहिस्कार गर्ने निर्णय पछि नागुवासीलाई फकाउन माघ २४ गने नागु पुगेको सरकारी टोली रित्तो फर्किएको छ । पहिलोपटक नागुमै दुई दिनसम्म स्थानीयसँग छलफल तथा सरकारी सेवा गाउँमै दिए पनि नागुवासी आश्वास्त हुन सकेका छैनन् । माघ १ र १७ गते नागुक्षेत्रका स्थानीयले आमभेला गर्दै चुनाव बहिष्कारको घोषणा गरेको थिए ।

राजनीतिक दल र तिनका उम्मेदवारले नागु क्षेत्रको सडक लगायतका विकास निर्माणका कार्य पूरा नगरेसम्म मतदानमा सहभागी नहुने निर्णय यथावत् रहेको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोलीले स्थानीयसँग छलफल गरे पनि सार्थकता पाउन सकेको छैन् । मतदाता फकाउन नागुक्षेत्र पुगेर स्थानीयलाई नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य उपचार सेवा र पशु उपचार सेवा तथा औषधि वितरण शिविर सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया