चोरी मुद्दामा जेल सजायं भोगेका ट्रयाक्टरका चालक र सहचालक सुनका गरगहना लुट्न ७१ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा फेरि पक्राउ

चोरी मुद्दामा जेल सजायं भोगेका ट्रयाक्टरका चालक र सहचालक सुनका गरगहना लुट्न ७१ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ फाल्गुन २०८२
  • 5.1K
    Shares

पोखरा, २ फागुन २०८२।

नेपालीमा एउटा उखान छ “चोरको बुद्धि, खाली चोरी गर्ने नै” , त्यस्तै भएको छ दार्चुलामा। चोरीको मुद्दामा दोषी ठहर भएर जेल सजायं भुक्तान गरी छुटेका ट्रयाक्टर चालक र सहचालक सुनको गरगहनाको लुटपाट गर्ने उद्देश्यले एक बृद्ध महिलाको हत्या गरेको आरोपमा फेरि पक्राउ परेका छन्।

चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका ट्याक्टर चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २४ वर्षीय उमेश साउँद तथा ४ महिना कैद सजाय भोगेका सहचालक बैतडीको डिलाशैनी गाउँपालिका–५ का २४ वर्षीय गोपाल नाथ सुनको गरगहना लुटपाट गर्ने उद्देश्यले एक बृद्ध महिलाको हत्या गरेको आरोपमा फेरि पक्राउ परेका हुन्।

उनीहरुले दार्चुलाको शैल्यशिखर नगरपालिका–८ का ७१ वर्षीया लक्ष्मी जोशीको गएको सोमबार राति हत्या गरेको प्रहरीले जानकारी दिएको छ। बृद्धा जोशीको मंगलबार बिहान घरमै शव भेटिएको थियो। 

घरमा एक्लै बस्दै आएकी जोशीले लगाएको गरगहना प्रहरीले पक्राउ गरेका उमेश साउँद र गोपाल नाथको साथबाट बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार २ थान कानको मुन्द्री, १÷१ थान नाकको बुलाँकी र फुली बरामद गरिएको हो। सुन लुटपाट गर्ने उद्धेश्यले वृद्धाको हत्या गरिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया