पोखरा, १ फागुन २०८२।
पोखरा महानगरपालिकाले वडा नम्बर २१ को दोबिल्लामा कानूनको डण्डा लगाएर फोहोर फाल्ने धम्कीसहित शुक्रबार साँझदेखि फोहोर फाल्न शुरु गरे पछि नेकपा एमालेको पोखरा २१ नम्बर वडा इकाई कमिटीले बिरोध गरेको छ।
मेयर धनराज आचार्यले आफ्नो सामाजिक संजालमा विहिबार एउटा भिडियो र तस्विर पोस्ट गरेर फोहोर पुर्नका लागि खाडल खन्दै गरेको सन्देश दिएका थिए। तर उनले उक्त स्थानका बारेमा उनले कुनै जानकारी दिएका छैनन्। त्यति मात्र हैन उनले आफ्नो सामाजिक संजालमा बिहिबार साँझदेखि क्रमशः फोहर सङ्कलन गर्ने गाडीहरू सञ्चालनमा आउने र गाडी नआउँदासम्म कृपया धैर्यतापूर्वक पर्खनुहुन अनुरोध गरेका छन् ।
उनले झन्डै एक महिनादेखि जम्मा भएको फोहोर उठाउन १ -२ दिन लाग्नसक्ने तर्फा संकेत गर्दै त्यतिन्जेल आफ्नो घरको फोहोर सार्वजनिक बाटो तथा खुला स्थानमा बिसंर्जन नगरिदिन अपिल गरेका छन्फो।
शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहरमैला उठाइने जानकारी दिएका मेयर आचार्यले आइतबारपछि जथाभावी सार्वजनिक स्थानमा फोहर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्ने चेतावनी दिएका छन्छ। उनले सिसी क्यामेराबाट पहिचान भएको अवस्थामा पनि न्यूनतम पांच हजार रुपियाँदेखि अधिकतम एकलाख रुपियाँसम्म जरिवाना तिर्नु पर्ने र जरिवाना तिर्ने व्यक्तिको नाम राष्ट्रिय पत्रिका तथा महानगरको पेज र वेबसाइटमा समेत प्रकाशन गरिने धम्की दिएका छन्छ।
यसैबीच नेकपा एमाले पोखरा २१ वडा इकाई कमिटिका अध्यक्ष् राजेन्द्र थापाले एक प्रेस बिज्ञप्ति प्रकाशित गरेर पोखरा महानगरपालिका – २१ को भौगोलिक सीमाभित्र दुवार टोल विकास संस्था अर्न्तगत काँसघारीमा फोहोर व्यवस्थापन गर्ने नाममा डम्पिङ गर्ने तयारी गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त बिज्ञप्तिमा पोखरा महानगरपालिका ३३ वटा वडाहरूको साझा संरचना भएको जिकिर गर्दै सम्पूर्ण महानगरको फोहोर व्यवस्थापनको दायित्व एउटै वडाको भूगोलमाथि थोपर्ने कार्य न्यायोचित, व्यवहारिक र वैज्ञानिक दृष्टिले समेत उपयुक्त हुन नसक्ने भनिएको छ।
वातावरणीय प्रभाव मूल्याङ्कन, जनस्वास्थ्यको संवेदनशीलता तथा दीर्घकालीन पर्यावरणीय असरलाई बेवास्ता गर्दै हतारमा निर्णय लिनु महानगरको गैरजिम्मेवार तथा निकृष्ट कार्य भएको आक्षेप लगाउदै नेकपा एमाले पोखरा २१ वडा कमिटीले वडा नं. २१ यहाँ अवैज्ञानिक ढंगले फोहोर फाल्ने निर्णयले स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको जिकिर गरिएको छ ।
सोहि प्रेस बिज्ञप्तिमा यस प्रकारको एकतर्फी र अलोकतान्त्रिक निर्णय तत्काल रोक्न, वातावरणीय तथा प्राविधिक अध्ययनसहित सबै सरोकारवालासँग छलफल गरेर दिगो र वैज्ञानिक समाधानको बाटो रोज्न अपिल गर्दै यस विषयमा तत्काल पुनर्विचार नगरिए स्थानीय जनताको भावना र अधिकारको रक्षा गर्न नेकपा (एमाले) वडा कमिटी पोखरा – २१ आवश्यक आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य हुने जानकारी गराइएको छ।
देश डोजर र खाल्डोसहितको तस्विरसहित पोस्ट भएको भिडियो कुन ठाउँको हो भन्ने खुलाइएको थिएन । सबैलाई फोहोर व्यवस्थापन हुने भो भन्ने आसा समेत जागेको थियो । तर, मेयर धनराजले भूमिगत रुपमा फोहोर व्यवस्थापन गर्न खोजिएको स्थानको पहिचान भएको छ । मेयर आचार्यले स्थानियको विरोध आउनसक्ने भन्दै स्थान भूमिगत राखेर फोहोर व्यवस्थापन गरिएको स्थानबाट राजनीतिक प्रतिरोध सुरु भएको छ ।
महानगरले पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित दुवारटोल विकास संस्था अन्तर्गत काँसघारीमा फोहोर व्यवस्थापन गर्ने नाममा डम्पिङ साइट बनाएको भन्दै नेकपा एमालेले विरोध शुरु गरेको छ । नेकपा एमाले वडा नम्बर २१ का अध्यक्ष राजेन्द्र थापाले विरोध गर्दै तत्काल रोक्न माग गरेका छन् । उनका अनुसार महानगरले वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जनस्वास्थ्यको समेत ख्याल नगरी वातावरणीय असरलाई वेवास्ता गरेर सो स्थानमा फोहोर गाडिएको हो । फोहोर फालिएको स्थान खोलामा रहेको स्थानियबासीले बताएका छन् । थापाले महानगरको यो कार्यलाई ‘गैरजिम्मेवार र निकृष्ठ कार्य भन्दै’ आलोचना गरेका छन् ।
पोखरा २१ प्राकृतिक सम्पदा, कृषियोग्य जमिन र वस्ती संरचना भएको र जैविक विविधताले समेत संवेदनशिल क्षेत्र रहेका कारण महानगरले अवैज्ञानिक ढंगले फोहोर फाल्ने निर्णय गरेको स्थानीयबासिन्दाको स्वास्थ्य, वातावरण र भविष्यमा समेत गम्भिर नकारात्मक असर परेको थापाले वक्तव्यमा बताएका छन् । महानगरले तत्काल फोहोर फाल्ने विषयमा पुनर्विचार नगरे तत्कालै स्थानिय जनतासहित आन्दोलनमा उत्रने उनको चेतावनी छ ।