पोखरा, २८ माघ २०८२।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने आज पोखरा आउदैछन्।
उनीहरु चुनाबी अभियानका क्रममा आज पोखरा आउन लागेका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड बिहान सवा आठ बजे पोखरा अन्तरराष्ट्रिय बिमानस्थल आइपुग्नेछन। त्यसपछि उनले पोखराको जिरोकिलोमिटरस्थित गोल्डन हाउस पार्टी प्यालेसमा आयोजना हुने पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन।
पूर्व उपप्रधानमन्त्री एबम गृहमन्त्री रबि लामिछाने पोखरामा योजना हुने तीन वटा चुनाबी सभामा सहभागी हुनेछन। उनले दिउसो एक बजे तालचोक , ३ बजे हेम्जा मिलनचोक र साँझ पांच बजे पोखराको चिप्लेढुंगामा आयोजना हुने चुनाबी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जानकारी दिएको छ।