पोखरा, २८ माघ २०८२।
तामाकोसी बस दुर्घ’टनामा ज्यान गुमाएका १२ जना मध्ये एक जना बस धनी दीपेश बस्नेत पनि हुन्। वैदेशिक रोजगारीका लागि कतार गएर एक वर्षअघि मात्रै नेपाल आएका बस्नेतले करीब ६ महिना अघि मात्र बा प्र ००१–०५ ख ९९७५ नम्बरको बस किनेका थिए।
त्यही बा प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मंगलबार बिहान मन्थली नगर’पालिका ६ बेनीघाट पुल’नजिकैबाट तामाकोसीमा खसेर दुर्घटनाग्रस्त हुँदा १२ जनाको निधन भयो भने आठ जना घाइते भएका छन्।
उक्त बस दुर्घटनामा परेर ज्या’न गुमाएका बस धनी दीपेश राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रामेछापको लिखु तामाकोसी गाउँ’पालिकाको संगठन विभाग प्रमुख रहेको रास्वपा जिल्ला निर्वाचन क्षेत्रीय समितिका सदस्य रमित मानन्धरले जान’कारी दिए।
‘बस चालक र सह’चालक अरु नै राखेका थिए,’ मानन्धरले भने, ‘कहिले’काहीँ बसमा हिँड्ने गरेका थिए। आज पनि प्यासेन्जर लिएर ओखलढुंगा जान लागेका रैछन्। रामेछाप बजार कट्ने बित्तिकै यस्तो घट’ना घट्यो।’
दीपेश र उनका परिवार काठमाडौँ बस्दै आएका थिए। आज बिहान उनी काठमाडौँबाटै बसमा आएको लिखु तामकोसी गाउँपालिका–४ का कार्यवाहक वडा अध्यक्ष राजेश तिमल्सिनाले जानकारी दिए।
तिमल्सिनाका अनुसार दीपेश बुवा टेकबहादुर बस्नेत र आमा राधिकाका कान्छा छोरा हुन्। उनको १३ वर्षकी छोरी, १० वर्षका छोरा र श्रीमती छन्।