पोखरा, २७ माघ २०८२।
रामेछाप बस दुर्घटनामा मृत्यु भएका ११ मध्ये ११ जनाको सनाखत भएको छ भने घाइते आठ जनाको पहिचान खुलेको छ।
जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परि १२ जनाको मृत्यु भएकोमा ११ जनाको पहिचान खुलेको हो । हालसम्म पहिचान खुलेका मृतकमध्य रामेछापका ८, दोलखाका दुई र सिन्धुलीका एक जना रहेका छन् ।
मृतक एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी, प्रहरी निरिक्षक राजन तिम्सिनाले जानकारी दिए ।
मृत्यु हुनेहरुको विवरण
लिखु तामाकोशी –४ का अन्दाजी २८ वर्षीय दिनेश बस्नेत
अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत
लिखु तामाकोशी –७ की अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ
अन्दाजी ३१ वर्षीया तारा तामाङ
अन्दाजी ३६ वर्षीय भीमबहादुर तामाङ
अन्दाजी १६ वर्षीया रमिता तामाङ
लिखुतामाकोशी गाउँपालिकाकै अन्दाजी ४५ वर्षीया मानकुमारी बरुवाल
उमाकुण्ड गाउँपालिका–६ भूजीका अन्दाजी २२ वर्षीय विशाल सुनुवार
दोलखाको भीमेश्वर नगारपालिका –७ की अन्दाजी २५ वर्षीया बबी तामाङ
भीमेश्वर नगारपालिका –८ का अन्दाजी ६० वर्षीय मानबहादुर तामाङ
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ का ३४ वर्षीय शिव श्रेष्ठ
८ जना घाईतेको नामावली,
दुर्घटनामा परि ८ जना घाईते भएकोमा सबैको पहिचान खुलेको रामेछाप प्रहरीले जनाएको छ ।
मन्थली नगरपालिका–१२ की ३३ वर्षीया देवकी खड्का,
मन्थली नगरपालिका–११ का ३१ वर्षीय सुशान्त थापा मगर
उमाकुण्ड गाउँपालिका–७ का ५२ वर्षीय सोम देण्डी शेर्पा, ६ वर्षीया निष्मा शेर्पा,
लिखुतामाकोसी गाउँपालिका -४ का ५१ वर्षीय ओलकबहादुर थापा
खाँडादेवी गाउँपालिका -३ का २१ वर्षीय समिर श्रेष्ठ
दोलखाको भिमेश्वर नगरपालिका–७ की १६ वर्षीया निलिमा तामाङ्ग
ओखलढुंङ्गाको खिजिदेम्वा गाउँपालिका २ का ४५ वर्षीय जयबहादुर तामाङ्ग
उनीहरू मध्ये ६ जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ भने एक जनालाई काठमाडौँ र एकजनाको मन्थली अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।
काठमाडौँबाट ओखलढुङगातर्फ आउँदै गरेको प्रदेश ०३–०१–९९७५ नम्बरकोअरनिको यातायातको यात्रुबाहक बस मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै तामाकोशी नदीमा खसेको थियो । बसमा २० जना यात्रुसवार रहेको प्रहरीले जनाएको छ ।