पोखरा, २७ माघ २०८२।
रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
बस खसेको स्थानमा खोजी गर्दा ६ वटा शव फेला परेसँगै मृतकको संख्या १२ पुगेको रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले जानकारी दिए । दुर्घटनामा ८ जना घाइते भएका छन्। ती मध्ये गम्भीर घाइते ७ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी थापाले बताए।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।
आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।