कैलालीमा थापिएको विद्युतीय धराप बिस्फोट हुँदा तीन जना घाइते

कैलालीमा थापिएको विद्युतीय धराप बिस्फोट हुँदा तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ माघ २०८२
  • 2.5K
    Shares

पोखरा, २६ माघ २०८२।

कैलालीमा थापिएको विद्युतीय धराप बिस्फोट हुँदा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१७, डमौलियास्थित्ग जंगलमा शनिवार राति थापिएको विद्युतीय धराप बिस्फोट हुँदा तीन जना घाइते भएका हुन्।

उक्त विद्युतीय धराप बिस्फोटमा परेर स्थानीय तेज खत्री, चन्द्रा देवी ओली  र श्याम साउँद घाइते भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय पदम बहादुर साउँदका छोरा शनिवार बेलुका अवेरसम्म घर नफर्किएपछि उनको खोजिकार्यका लागि जंगलतिर गएका बेला उनीहरु विद्युतीय धरापमा परेको बताइएको छ।

विद्युतीय धरापमा परेर घाइते भएका तीनै जनाको धनगढीस्थित कैलाली मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त यता घटनापछि घाइतेका आफन्तले विद्युतीय धराप थाप्ने गिरोहको तत्काल खोजिकार्य गरेर संलग्न दोषीलाई कडा सजाय दिन प्रहरीलाई अनुरोध गरेका छन् भने प्रहरीले सोहि विद्युतीय धराप थाप्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएको छ।

प्रतिक्रिया