नेपाली कांग्रेसका उम्मेदवार बास्तोला घाइते : मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै

नेपाली कांग्रेसका उम्मेदवार बास्तोला घाइते : मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०८२
  • 8.9K
    Shares

पोखरा, २५ माघ २०८२।

लडेर घाइते भएका कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’

आसन्न प्रतिनिधि सभा चुनाबमा कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका माधवप्रसाद बास्तोला ‘मधु’ घाइते भएका छन्।

आफ्नो चुनाब प्रचार-प्रसारका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीस्थित आफ्नै निवास नजिक रहेका एक मतदाताको घरमा भेटघाटका लागि गएका बेला आइतबार साँझ साढे छ बजेको समयमा सिंढीबाट लडेर उम्मेदवार बास्तोला घाइते भएका हुन्।

उनको अहिले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुशील बास्तोलाले जानकारी दिए। उनको बायाँ हातको पन्जाको जोर्नीको हड्डी भाँच्चीएको र सोमबार अपरेशन गर्ने तयारी भैरहेको वडा सदस्य बास्तोलाले बताए।

प्रतिक्रिया