इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्बोच्च अदालतले दियो अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्बोच्च अदालतले दियो अन्तरिम आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०८२
  • 6K
    Shares

पोखरा, २५ माघ २०८२।

सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आइतबार सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता रामबहादुर राउत, रामेश्वर राउत मातृदासलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रतिक्रिया