अष्ट्रेलियामा तीब्र गतिको कार घरभित्र छिरेर ठक्कर दिंदा सुतिरहेकी नेपाली महिलाको मृत्यु

अष्ट्रेलियामा तीब्र गतिको कार घरभित्र छिरेर ठक्कर दिंदा सुतिरहेकी नेपाली महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०८२
  • 5.3K
    Shares

पोखरा, २५ माघ २०८२।

अष्ट्रेलियाको पर्थमा कार शुक्रबार राति घरभित्र छिरेर ठोक्किँदा एक नेपाली महिलाको मृत्यु भएको छ।

३६ वर्षीय केउडेल निवासी चालकले चलाएको अनियन्त्रित कार अष्ट्रेलियाको पर्थस्थित रिभरभेल क्षेत्रको एक घरभित्र छिरेर सुतिरहेकी नेपाली महिला ५३ वर्षीया विष्णु कुमारी गुरुङको मृत्यु भएको हो। उनी नेपालबाट घुम्न अष्ट्रेलिया पुगेकी थिइन्।

प्रहरीका अनुसार, दुर्घटनापछि ३६ वर्षीय केउडेल निवासी चालकलाई पक्राउ गरी मानव वध (manslaughter) को आरोप लगाइएको छ र अदालतले जमानत अस्वीकार गरेको छ।

घटनापछि गुरुङ परिवार शोकमा डुबेको छ। परिवारलाई आर्थिक सहयोग गर्न सहयोग संकलन अभियान (fundraiser) पनि शुरु गरिएको छ।

प्रतिक्रिया