पोखरा, २४ माघ २०८२।
सिद्धार्थ राजमार्गमा रातको समयमा स्कुटर रोकेर श्रीमान – श्रीमतीलाई कुटपिट गरेको आरोपमा स्याङ्जामा पांच जना पक्राउ परेका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोला क्षेत्रस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार राती करिब १० बजे ग.२४ प. ५१०१ नम्बरको स्कुटर रोकेर त्यस स्कुटरमा सवार ४० वर्षीय पृथ्वीराज अर्याल र उनकी श्रीमती ४० वर्षीया संजिता नेपाल अर्याललाई कुटपिट गरेको आरोपमा प्रहरीले पांच जना युवालाई पक्राउ गरेको हो। संजिता नेपाल अर्याल पुतलिवजार नगरपालिका कार्यपालिका सदस्य हुन्। उनी नेपाली कांग्रेसकी महिला नेत्रि पनि हुन्।
पक्राउ पर्नेहरुमा पुतलीबजार–१० सुम्रेखोला ओडारे बस्ने २८ वर्षीय ‘हाकु काले’ भन्ने विनोद बहादुर अर्याल, ३० वर्षीय प्रविन राना, २५ वर्षीय रोहित गुरुङ, २७ वर्षीय अनुप राना तथा कान्छीबजार बस्ने २३ वर्षीय ‘महेश’ भन्ने चेतनाथ अधिकारी रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी निरिक्षक प्रसन्न राज चौधरीले जानकारी दिए। उनीहरुले घटनामा प्रयोग गरेको ग.५ प.१९१ र ग.१० प.४७१३ नम्बरका दुई वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
घाइते दम्पतीको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।