सप्तरीमा खेलौना ठानिएको वस्तु विस्फोट : वनभोज खान गएका चार जना बालक घाइते

सप्तरीमा खेलौना ठानिएको वस्तु विस्फोट : वनभोज खान गएका चार जना बालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०८२
  • 6.8K
    Shares

पोखरा, २४ माघ २०८२।

सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्।

वनभोज खान गएका बालकले खोलामा भेट्टाएको रकेट जस्तो देखिने खेलौना बिष्फोट हुँदा चार जना बालक घाइते भएका हुन्।

विस्फोटबाट स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका प्रहरीले जानकारी दिएको छ .

विस्फोटका छर्रा लागेर साहस र प्रशिसको खुट्टा तथा शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते चारै जनालाई प्रारम्भिक उपचारका लागि मधेश प्रदेश प्रहरी अस्पताल रुपनी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज रेफर गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार घटनामा प्रयोग भएको शंकास्पद वस्तु र विस्फोटको कारणबारे थप अनुसन्धान भइरहेको छ। घटनास्थलमा पगेर प्रहरीले अनुसन्धान थालेको प्रवक्ता पुरीले जनाए ।

प्रतिक्रिया