पोखरा, २३ माघ २०८२।
नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोश भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
मोरङको बिराटचोकमा शुक्रबार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला बेहोध भएर ढलेका सशस्त्र एसपी घिमिरेको उपचारका क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा निधन भएको हो।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले एसपी घिमिरेको म्रोत्यु भएको पुष्टि गरेका छन् ।