बैतडीमा जन्ती बोकेको बस दुर्घटनाग्रस्त : आठ जनाको मृत्यु , ४५ जना घाइते (मृतकहरुको नामसहित)

बैतडीमा जन्ती बोकेको बस दुर्घटनाग्रस्त : आठ जनाको मृत्यु , ४५ जना घाइते (मृतकहरुको नामसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ माघ २०८२
  • 6.7K
    Shares

पोखरा, २३ माघ २०८२।

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। 

 पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस बिहीबार बेलुका पुर्चौँडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको हो भने ४५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार, उक्त दुर्घटनामा परेर बझाङको बित्थडचिर गाउपालिका वडा नं. ०७ बस्ने वर्ष ४० को केशब राज जोशी, सोहि ठाउँको १३ वर्षीय शोक राज जोशी, वर्ष ३५ को बसन्त जोशी, वर्ष ४१ को बिष्णु दत्त जोशी, वर्ष ४२ को नरेश राज जोशी, केदारस्यु गाउपालिका बस्ने वर्ष ६० को मोहन देव भट्ट, जयपृथ्बी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ४० को बसन्त राज रतला र पुचडी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थीको मृत्यु भएर्को छ।

बैतडीमा दुर्घटनाग्रस्त जन्ती बोकेको बस

सोहि दुर्घटनामा परेर घाइते भएका १८ जना महिला र २७ जना पुरुषलाई उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी कोटिलाको लागि पठाईएको प्रहरीले जानकारी दिएको छ।

जन्ती लिएर पुर्चौडीबाट बझाङतर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस सडकबाट २ सय मटिर तल खसेको थियो। 

प्रतिक्रिया