सर्लाहीस्थित लघुवित्त संस्थामा कर्मचारीमाथि आक्रमण गरेर लुटपाट

सर्लाहीस्थित लघुवित्त संस्थामा कर्मचारीमाथि आक्रमण गरेर लुटपाट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ माघ २०८२
  • 7.9K
    Shares

पोखरा, २२ माघ २०८२।

सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा बिहीबार दिउँसो लुटपाट भएको छ । ५–६ जनाको समूह बिहीबार दिउँसो कार्यालयमा प्रवेश गरेर संस्थाका कर्मचारीमाथि छुरा प्रहार गरी लुटपाट गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक वीरेन्द्र सिंह जोखारीले जानकारी दिए। छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् ।

अहिले सो स्थानमा प्रहरी पुगेर थप अनुसन्धानको काम अघि बढाएको छ । लघुवित्तका कर्मचारीलाई कोठामा बन्द गरेर लुटपाट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया