एमाले अध्यक्ष ओलीको प्रम कार्कीसँग दुई घण्टा लामो भेट

एमाले अध्यक्ष ओलीको प्रम कार्कीसँग दुई घण्टा लामो भेट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ माघ २०८२
  • 7.2K
    Shares

पोखरा, २२ माघ २०८२।

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान नौ बजे प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त भेटमा समसामयिक राजनीति र निर्वाचनबारे छलफल भएको ओली निकट समाचार स्रोतहरुले जानकारी दिएका छन्।

छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको जनाइएको छ । साथै, एकै चरणमा निर्वाचन गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा छलफल गर्ने बुझाइ रहेको दुवै पक्षका निकस्थहरूको भनाइ छ ।

प्रतिक्रिया