झन्डै एक करोडको सुनका गरगहना लुटेर भागेका डाँकामाथि गोली हानेर घाइते अवस्थामा पक्राउ

झन्डै एक करोडको सुनका गरगहना लुटेर भागेका डाँकामाथि गोली हानेर घाइते अवस्थामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ माघ २०८२
  • 7.4K
    Shares

पोखरा, २२ माघ २०८२।

झन्डै एक करोड रुपियाँ बराबरको सुनका गरगहना लुटेर भागेका एक व्यक्तिलाई प्रहरिले गोली हानेर घाइते अवस्थामा पक्राउ गरेको छ।

। काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना लुटेर भागेका डाँकालाई प्रहरीले गएराती गोली हानेर घाइते बनाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपालगञ्ज घर भएका प्रेम थारु रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट एक राउण्ड गोली हानेर घाइते अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ। नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको एसपी भट्टराईले बताए । थारुको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भैरहेको प्राप्त समाचारमा उल्लेख छ।

प्राप्त जानकारी अनुसार , घरका मानिसहरू पाँचौँ तला र छतमा घाम तापिरहेको मौका छोपेर गएको मंगलबार दिउँसो १२ बजेतिर अभियुक्त थारु टुसालस्थित रिन्जीको घरमा प्रवेश गरी ढोकाको लक खुस्काएर त्यहाँ राखिएको सि–माला जडित सुको माला र चाँदीका गहना लुटेको थिए। करिब २ बजेतिर ढोकाको लक खुस्काएको र सुन जडीत सि–माला नदेखेपछि घरधनीले प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो ।

मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

माघ १७ मा भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

सांकेतिक चित्र

प्रतिक्रिया