बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर ठगी गर्ने सात जना पक्राउ

बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर ठगी गर्ने सात जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ माघ २०८२
  • 6.6K
    Shares

प्रहरी नै पक्राउ

पोखरा, २२ माघ २०८२।

बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन।

वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै बङ्गलादेशी नागरिकलाई बङ्गलादेशबाट काठमाडौँ बोलाइ बन्धक बनाएर रकम ठगी गरेको आरोपमा सात जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बङ्गलादेश घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशि पाठक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई जिल्ला अदालत काठमाडौँबाट शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया