काठमाडौँ, २० पुष २०८२।
नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी “साम्बा” ब्रिसबेन रोअर विरुद्धको ए-लिग महिला खेलको क्रममा घाइते भएकी छिन्।
ब्रिस्बेन रोअरविरुद्धको खेलको ७८औँ मिनेटमा कर्नर किकका क्रममा विपक्षी टिमकी गोलकिपरसँग ठोक्किँदा उनको दायाँ घुँडामा चोट लागेको छ।
उनलाई स्ट्रेचरको आवश्यकता नभए पनि मैदानबाट बाहिर निस्कन उनलाई मेडिकल टोलीको सहयोग चाहिएको थियो।
साम्बाको चोटको खबरपछि नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन् भने सामाजिक सञ्जालमा #GetWellSoonSamba भन्दै शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ।
वेलिंग्टन फिनिक्स र ब्रिस्बेन रोअर बीचको खेल २-२ को बराबरीमा सकियो।