हत्कडीसहित दुई जना थुनुवा काठमाण्डौ जिल्ला अदालत परिसरबाटै भागे

हत्कडीसहित दुई जना थुनुवा काठमाण्डौ जिल्ला अदालत परिसरबाटै भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०८२
  • 3.4K
    Shares

पोखरा, १७ पुष २०८२।

काठमाण्डौ जिल्ला अदालत परिसरबाट हत्कडीसहित दुई जना थुनुवा भागेका छन्।

बच्चाको कानको मुन्द्रा लुटेको आरोपमा प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेका दुई जना थुनुवा काठमाण्डौ जिल्ला अदालत परिसरबाट हत्कडीसहित भागेका हुन्।

कास्की जिल्ला घर भएर मनमैजु बस्ने १९ वर्षीय रविन भण्डारी र काठमाण्डौको तारकेश्वर–१० बस्ने १९ वर्षीय सनिष श्रेष्ठ अदालत परिसरबाट भागेको समाचार स्रोतहरुले जानकारी दिएका छन्। उनीहरु काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजु क्षेत्रमा बच्चाको कानको मुन्द्रा लुटेको आरोपमा सोमबार पक्राउ परेका थिए।

म्याद थापाका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको अवस्थामा उनीहरू अदालत परिसरबाट भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतलाई उद्दृत गर्दै प्राप्त समाचारमा जनाइएको छ।

आरोपीहरूलाई प्रहरीले चोरी मुद्दामा म्याद थपको अदालतमा उपस्थित गराएको हो । म्याद थप नहुँदै भागेका उनीहरूको खोजी तीव्र पारिएको छ । दुवै जना आरोपी हतकडीसहित फरार भएका हुन् ।

प्रतिक्रिया