भक्तपुरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

भक्तपुरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ पुष २०८२
  • 3.8K
    Shares

ट्यांकरसंग ठोक्किएको मोटरसाइकल
  • पोखरा, १५ पुष २०८२।

भक्तपुरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्यांकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकको सडकमा ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ट्यांकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।

प्रतिक्रिया