काठमाडौँको टोखाबाट बरामद २५ करोडका मालिक पौडेल र भरिया लामाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता

काठमाडौँको टोखाबाट बरामद २५ करोडका मालिक पौडेल र भरिया लामाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ पुष २०८२
  • 6.8K
    Shares

काठमाडौँको टोखाबाट बरामद भएको २५ करोडका मालिक र भरियाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ।

गत चैतमा काठमाडौँको टोखाबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल र भरिया द्स्म्र्त रहेका ट्रक चालक कुसाङ लामाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले आज काठमाण्डौ जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुविरुद्ध २५ करोड ३४ लाख ७८ हजार आठ सय ४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौँका जिल्ला न्यायाधीवक्ता सन्तोषराज कट्वालले आज जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्धा दायर गरेका हुन् ।

गत चैत पहिलो साता टोखास्थित झोरबाट चीनको केरुङतर्फ जान लागेको ना ७ ख १६६२ नम्वरको ट्रकमा राखिएको करोडौँ रकमसहित चालक सिन्धुपाल्चेकको भोटेकोशी गाउँपालिका १ घर भएका कुसाङ लामा पक्राउ परेका थिए ।

२५ करोड भन्दा बढी रकम बरामद हुँदा फरार रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय पौडेल असारमा ३५ लाख धरौटीमा रिहा भएका थिए भने चालकलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

प्रतिक्रिया