पोखरा, १० पुष २०८२।
जेन जी आन्दोलनका अगुवा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र काठमाण्डौ महानगरका बालेन शाहलाई ढोका लगाएर थुनेका छन्।
रबि र बालेन बीच सहमति नभएसम्म आफुले ढोका नखोल्ने भन्दै उनले आफ्नो सामाजिक संजालमा एउटा भिडियो पनि सार्वजनिक गरेका छन्।
बालेनका सहयोगी कुमार बेनको ललितपुरको कुपण्डोलस्थित घरमा भित्र उनीहरुबीच वार्ता भइरहँदा बाहिर जेन जी प्रतिनिधि सुदन गुरुङ पनि उपस्थित छन्।
उनले ठट्यौली शैलीमा दुई नेताहरू नमिलेसम्म गेट नखोल्ने बताए। ‘हाम्रो २ जना नेताहरू भित्र हुनुहुन्छ,’ गुरुङले भने, ‘जबसम्म उहाँहरु मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन।’