बहुमतका कार्यकर्ताहरुद्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपाललाई कालोमोसो दलेर दुर्ब्यबहार

बहुमतका कार्यकर्ताहरुद्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपाललाई कालोमोसो दलेर दुर्ब्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ पुष २०८२
  • 6.4K
    Shares

पोखरा, ६ पुस २०८२।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई कालोमोसो दलेर दुर्ब्यबहार गरेका छन्।

उनीहरुले उपकुलपति नेपाललाई विभिन्न आठ वटा आरोपहरु लगाएका छन्। उनीहरुले उपकिलापति नेपाल बिरुद्ध लागेका आरोपहरु सार्वजनिक पनि गरेका छन्।

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि कारबाही किन ?

१. विश्वविद्यालयभित्र भ्रष्टाचारको अभियोग लागेका माधव अधिकारीबाट मोटो रकम असुली पुनः रजिष्ट्रार पदमा सिफारिस गरेकोले।

२. उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएकोले।

३. मोटो रकम बुझाई सरकारी संयन्त्रलाई प्रभावमा पार्दै कथित ‘मेरिटोक्रेसी’ को नाममा आठौँ नम्बरमा रहेका व्यक्तिलाई उपकुलपति बनाइएकोले।

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि कालोमोसो दलेर जनकारबाही

४. विगतमा नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक हुँदा परीक्षा प्रणाली सुधार गर्नुको सट्टा आफ्ना निकट विद्यार्थीलाई पास गराउने तथा उत्कृष्ट बनाउने धन्दामा संलग्न रहेकोले।

५. TADA खाएर कार्यालयमा कम समय दिई आफ्ना व्यक्तिगत काम तथा नेताहरूको निवासमा बढी धाउने गरेकोले।

६. विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता–चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेकोले।

७. विश्वविद्यालयको जग्गा विभिन्न व्यक्ति तथा कम्पनीलाई दिन ठूलो मात्रामा आर्थिक चलखेल गरेकोले।

८. विश्वविद्यालयको जग्गासम्बन्धी अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न जानाजानी विलम्ब गरेकोले।

प्रतिक्रिया