पोखरा, ६ पुस २०८२।
बिराटनगरस्थित नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट आइतबार बिहान ६:३० बजेको समयमा खसेर गम्भीर घाइते भएका इन्टर्न डाक्टर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।
प्रहरीका अनुसार , सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।