कागजी प्रक्रिया पूरा गरेर रिहा भए रवि लामिछाने

कागजी प्रक्रिया पूरा गरेर रिहा भए रवि लामिछाने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ पुष २०८२
  • 3.9K
    Shares

पोखरा ४ पुष २०८२।

 नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछानेको कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।

लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताए । शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । 

उनले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताए । अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने समेत उनले बताए । 

उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । 

प्रतिक्रिया