पोखरा, २६ मङ्सिर २०८२।
अस्ट्रेलियामा अदालाताले एक नेपाली युवालाई वलात्कार मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजायं सुनाएको छ।
अस्ट्रेलियाको क्यानबेरास्थित एसीटी सुप्रिम कोर्टले अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका ३१ वर्षीय अभिषेक तिमल्सिनालाई युवतीलाई बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै तीव वर्ष जेल सजायको फैसला सुनाएको अस्ट्रेलियाली सञ्चारमाध्यम एबीसी न्यूजले जनाएको छ। तिमल्सिनाको नेपालको ठेगाना भने खुलाइएको छैन।
अदालतले बलात्कारका दुई अभियोग र सहमतिबिना चारवटा अश्लील कार्यमा दोषी ठहर गर्दै तिमल्सिनालाई जेल सजाय सुनाएको हो। अदालतले आफु काम गर्ने आर्ट पसलमा सामान किन्न आएकी ग्राहक युवतीलाई बलात्कार गरेको ठहर गरेको एबीसी न्यूजले समाचार लेखेको छ।
समाचारका अनुसार, नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो। ग्राहक सामान किन्न आएकी थिइन्। तिमल्सिनाले पसलको सटर लगाए, महिलालाई कामको सर्ट लगाउन लगाए, उनको फोटो खिचे र सहमति बिनै चुम्बन गरे। त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुर्व्यवहार गरे।
यता, एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण बनाएको बताए। उनले पसलको रोलर ढोका बन्द गरेको, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गरेको र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरेको उल्लेख गरेको फैसलामा उल्लेख गरेको छ।
‘पीडित पसलमा बन्द थिइन्, जसले गर्दा उनीमाथि जोखिम बढ्यो,’ न्यायाधीशले फैसलामा लेखेका छन् । अस्ट्रेलियाको कानुनअनुसार १२ महिनाभन्दा बढी जेल परेमा तिमल्सिना निर्वासनको जोखिममा पर्ने छन्।
तिमल्सिना नेपालमा हुर्किएका हुन् । उनी १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने छन्। समाचार अनुसार, यो मुद्दा सकारात्मक सहमति कानून (एसीटी) अन्तर्गत पहिलो परीक्षण हो ।