सुन्धारा कारागारबाट भागेका गोरखाका कैदी काठमाण्डौबाट पक्राउ

सुन्धारा कारागारबाट भागेका गोरखाका कैदी काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ मंसिर २०८२
  • 3.1K
    Shares

पोखरा, २३ मङ्सिर २०८२।

‘जेनजी’ आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धाराबाट भागेका गोरखा घर भएका एक कैदी सोमबार काठमाण्डौबाट पक्राउ परेका छन्।

गोरखाको सिरानचोक गाउँपालिका–८ घर भएका २२ वर्षीय सबिन गुरुङ सोमबार काठमाण्डौको मनमैंजुबाट पक्राउ परेका हुन्।

उनलाई विशेष सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले आज तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

वन्यजन्तुको अखेटोपहार तस्करीमा दोषी ठहर भई कारागारमा सजाय भुक्तान गर्दै आएका उनी गएको भदौ २४ गते भागेका थिए।

गुरुङविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०८१ भदौ २८ गतेको फैसलाले छ वर्ष कैद सजाय तोकेको थियो। निजलाई आजै कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया