यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास र खरिदार साहबिच कुटाकुट

यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास र खरिदार साहबिच कुटाकुट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ मंसिर २०८२
  • 4.4K
    Shares

पोखरा, १८ मङ्सिर २०८२।

यातायात व्यवस्था कार्यालय बारा, कलैयाका प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबिच कुटाकुट भएको छ।

बुधबार साढे पाँच बजेतिर कार्यालयमै दुईबिच कुटाकुट भएको हो।

कुटाकुटबाट खरिदर सत्यनारायण साहको अनुहारमा चोट लागेको छ। चोटले अनुहार सुन्निएको छ । अर्को तर्फ प्रमुख दासको पनि अनुहारमा चिरा परेको छ। कार्यालय मै कुटाकुट गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नियन्त्रणमा लिएको थियो ।

बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुवरले यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख दास र खरिदार साहले कुटाकुट गरेको घटनाको विषय अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बारा लगिएको बताए ।

प्रतिक्रिया