स्याङ्जामा छिमेकीलाई गोली हानेर भागेका ठकुरी भेना दोश्रो पटक पक्राउ

स्याङ्जामा छिमेकीलाई गोली हानेर भागेका ठकुरी भेना दोश्रो पटक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ मंसिर २०८२
  • 2.6K
    Shares

स्याङ्जा, १६ मङ्सिर २०८२ ।

स्याङ्जामा छिमेकीलाई गोली हानेर घाइते बनाई भागेका एक युवा दोश्रो पटक पक्राउ परेका छन्।

पुतलीबजार नगरपालिका –७ ठुलाडिहीका ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) ज्यान मार्ने उद्योग मुद्दामा फेरि पक्राउ परेका हुन् ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका शाहीलाई उच्च अदालत पोखराको पछिल्लो आदेशपछि प्रहरीले खोजी गरेको थियो ।

प्रहरीका अनुसार , गत साउन ६ गते घरको बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकका छर्रा लागेर घाइते अवस्थामा भेटिएका थिए। उक्त घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले ठकुरी भेना भन्ने हुमबहादुर शाही संलग्न रहेको खुले पछि उनलाई गएको साउन ८ गते पहिलोपटक तनहुँबाट पक्राउ गरेको थियो । सोही क्रममा शाहीले पुतलीबजार –७ मा लुकाई राखेको एक नाले भरुवा बन्दुक समेत बरामद गरिएको थियो ।

शाहीलाई स्याङ्जा जिल्ला अदालतले गएको भदौ ३ गते धरौटीमा छाडेपनि उच्च अदालत पोखराले थप प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि पुनः पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताउनुभयो ।

उज्च अदालतको निर्देशन अनुसार शाहीलाई कानुनी कारबाहीमा अगाडि बढाएको चौधारीले बताए।

प्रतिक्रिया