जर्मन महिला हराएको एक सातापछि म्याग्दीमा निगालोको झाडीभित्र मृत भेटिइन्

जर्मन महिला हराएको एक सातापछि म्याग्दीमा निगालोको झाडीभित्र मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ मंसिर २०८२
  • 8.9K
    Shares

पोखरा १५ मङ्सिर २०८२।

एक जर्मन महिला पर्यटक बेपत्ता भएको एक सातापछि म्याग्दीमा मृत भेटिएकी छिन्।

गएको मंसिर ९ गतेदेखि बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित बंकरको भिरभन्दा करिब एकसय ६० मिटर तल निगालोको झाडीभित्र मृत भेटिएकी हुन्। उनको खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले आज शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी ती जर्मन महिलाको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनको शव परीक्षणका लागि काठमाडौं पठाइने प्रहरीले जानकारी दिएको छ।

उनी म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता भएकी थिइन् । प्रहरीले भिरबाट खसेको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया