पोखरा १५ मङ्सिर २०८२।
स्याङ्जाका दुई युवा लागू औषधसहित समातिएका छन्।
स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर २ घर भै हाल पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा बस्दै आएका १८ वर्षीय दिपेश गुरुङ र २६ वर्षीय सुनिल पौडेल अबैध लागू औषधसहित पक्राउ परेका हुन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको सयुक्त प्रहरी टोलिले गत शुक्रबार राती सवा १० बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२१ कृष्ति मनकामना मन्दिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरु सवार ग १६ प १८४१ नम्बरको मोटरसाइकल रोकेर चेकजांच गर्ने क्रममा उनीहरुको साथबाट अबैध लागू औषध डाईजापाम २० एम्पुल, फेनेरागन २५ एम्पुल र ब्रुफिनुर्फिन २५ एम्पुल गरी जम्मा ७० एम्पुल र मोवाईल २ थान समेत बरामद भएको प्रहरीको दाबी छ।
अभियुक्तद्वय गुरुङ र पौडेलबिरुद्ध लागू औषध सम्बन्धी कसूरमा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।