मोदीका स्वकीय सचिवसहित आठ जना बिराटनगरबाट पक्राउ

मोदीका स्वकीय सचिवसहित आठ जना बिराटनगरबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ मंसिर २०८२
  • 5.3K
    Shares

पोखरा १५ मङ्सिर २०८२।

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।

पूर्वमन्त्री अमनलाल मोदीका स्वकीय सचिवसमत रहेका ताजिम अन्सारी जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

भदौ २४ गतेको आन्दोलनमा विराटनगरका विभिन्न सरकारी कार्यालयमा आगो लगाउने समूहको नेतृत्व अन्सारीले गरेको आरोप छ। सोही दिन मोरङका दर्जनौँ सरकारी कार्यालय जलेको घटना हुँदा अन्सारीको भूमिका सबैभन्दा बढी चर्चामा आएको थियो।

मोरङ प्रहरीका अनुसार अन्सारीसहित आठ जना पक्राउ परेका छन्। विराटनगर क्षेत्रबाट ताजिम अन्सारी, राजिव यादव, अरुण साह सोनार, महेश नेपाल र आवाज पौडेल पक्राउ परिएका हुन्। रंगेली पक्षबाट तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कविता कटुवालले जानकारी दिइन्।
अन्सारीसमेत पक्राउ परेका व्यक्तिहरूविरुद्धका प्रमाण—आगो लगाएको दृश्य देखिने भिडिओ, तस्वीर तथा प्रत्यक्षदर्शीका बयान,आधारमा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। अहिलेसम्म पक्राउ परेका सबैको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया