पोखरा १५ मङ्सिर २०८२।
नेपाल वायुसेवा निगम (नेवानि) ले विमान परिचालक (स्टेवार्ड) सन्देश तिवारीलाई निलम्बन गरेको छ ।
२७ नोभेम्बरका दिन ‘आरए २४०’ दोहा-काठमाडौं उडान क्रममा एक सय ग्राम (साढे ८ तोला) सुन बोकेको देखिएपछि उनी निलम्बित भएका हुन्।
परिचारक तिवारीबिरुद्ध नेपाल बायु सेवा निगमले छानबिन पनि शुरु गरेको छ। छानबिन नसकिएसम्म वा बढीमा तीन महिनासम्म निलम्बन गर्न सकिने कानुनी प्रावधान अनुसार उनी निलम्बनमा परेको नेवानिले जनाएको छ ।
उनले साथमा १ सय ग्राम सुन बोकेको दोहा विमानस्थलका सम्बन्धित भन्सार पदाधिकारीको सोधपुछ तथा खानतलासीका क्रममा पुष्टि भएको थियो । दोहास्थित स्टेसन म्यानेजर समेतको रोहवरमा समस्या समाधान गर्ने क्रममा उक्त उडान ३०/३५ मिनेट ढिला भएको पाइएको थयो ।