पोखरा १४ मङ्सिर २०८२।
धनकुटामा शैक्षिक भ्रमणबाट फर्कंदै गरेको बस दुर्घटनाग्रस्त हुँदा २९ जना घाइते भएका छन्।
सुनसरीको रामधुनी नगरपालिका-५ स्थित पिंक लोटस इंग्लिस स्कुलबाट शैक्षिक भ्रमणमा आएको को १ ख ५३१३ नम्बरको स्कुल बस धनकुटा नगरपालिका-७ स्थित रमाइलो घुम्तीमा आज दिउँसो करिब ४:२५ बजे दुर्घटनाग्रस्त हुँदा २१ जना घाइते भएका हुन्।
पिकनिक पछि तेहथुमबाट धरानतर्फ जाँदै गरेको पिंक लोटस इंग्लिस स्कुलको उक्त बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार , बसमा ३६ जना विद्यार्थी, ३ जना शिक्षक र २ जना चालकदलका सदस्य समेत ४१ जना थिए ।
घाइतेको तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगि उपचार भई रहेको,बाटो दुबै तर्फी संचालनमा रहेको साथै घाईते यात्रुहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।