चितवन,१४ मङ्सिर २०८२।
पोखराबाट कटारीतर्फ गइरहेको बस र मोटरसाइकल आज बिहान एकापसमा ठोक्किंदा एक जना युवाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुघातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज बिहान करिब ३ बजे मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुधौली नपा–३ का २५ वर्षीय महेश कुमारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते कमलामाई नगरपालिका–१४ चन्दनपुरका करिब २६ वर्षीय दिपेश कुमारको दुधौली नगर अस्पतालमै उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ।दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।
उदयपुर, कटारी नगरपालिका–३ बसोबास गर्ने ३२ वर्षीय बस चालक स्यामकुमार भट्टराई घटनापछि फरार भएको र उनलाई खोजी तथा नियन्त्रणमा लिन आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा उद्धार तथा प्रारम्भिक कारबाहीका लागि प्रहरी चौकी हतपतेबाट प्रहरी सहायक निरीक्षकको टोली तथा इलाका प्रहरी कार्यालय ढकाहाबाट प्रहरी निरीक्षकको कमाण्डमा अतिरिक्त टोली खटिएको प्रहरीले जानकारी दिएको छ।