इलाममा ट्रकले स्कुटरलाई ठक्कर दियो : पिकनिकबाट घर फर्कदै गरेका बोर्डिङ स्कुलका दुई जना शिक्षकको मृत्यु

इलाममा ट्रकले स्कुटरलाई ठक्कर दियो : पिकनिकबाट घर फर्कदै गरेका बोर्डिङ स्कुलका दुई जना शिक्षकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८२
  • 5.1K
    Shares

पोखरा १३ मङ्सिर २०८२।

इलाममा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक बोर्डिङ स्कुलका दुई जना शिक्षकको मृत्यु भएको छ।

झापाबाट इलामतर्फ आउॅदैगरेको प्रदेश १-०१-००१ ख ४१०१ नं. को ट्रकले आज दिउसो इलामबाट हेडट्याङ्कतर्फ जादै गरेको प्रदेश १-०१-०१२ प ४८९९ नं. को एनटर्क स्कुटरलाई भञ्ज्याङको रेशमखेतीदेखि माथ्लो सडकमा ठक्कर दिंदा एक निजि स्कुल (बोर्डिङ स्कुल)का दुई जना शिक्षकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर ग्रिनभ्याली स्कुलका शिक्षकद्वय इलाम नगरपालिका ९ गोलबस्ती बस्ने अन्दाजी वर्ष २६ का शिक्षक डेबिट थापामगर र माईजोगमाई गाउँपालिका १ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने अन्दाजी वर्ष १८ का शिक्षक छेवाङ शेर्पाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरु इलाम नगरपालिका वडा नम्बर ९ भञ्ज्याङदेखि केहि तल हेडट्याङ्कमा स्कुलले आयोजना गरेको पिकनिकबाट घर फर्कदै गरेका थिए।

ट्रक चालक इलाम नपा ५ का रामप्रसाद श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया