पोखरा १३ मङ्सिर २०८२।
सवारी दुर्घटनामा परेर कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा गएराति भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ३४ वर्षीय आचार्यको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।
आचार्य कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष हुन् ।
वीरेन्द्रनगरको मूलपानीबाट चोकबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।