तनहुँको ग्रामिण सडकमा ट्रिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

तनहुँको ग्रामिण सडकमा ट्रिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 3.7K
    Shares

पोखरा १० मङ्सिर २०८२।

तनहुँको एक ग्रामिण सडकमा ट्रिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।

डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको ट्रिपर तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा मंगलाबार एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया