नेपाल बन्दको सिलसिलामा पोखराबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पोखराको लेकसाइडस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
हाल वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा पूर्णबहादुर राउत “पीबि” र टीकाराम घिमिरे रहेका छन् ।
यसअघि गएराती करीब ९ बजेको समयमा पोखराको लेकसाइड नजिकै रहेको तालबाराही मावि मतदान केन्द्र नजीक सतली बम विष्फोट भएको थियो । ठूलो आवाजमा विष्फोट भएपनि खासै क्षति नभएको प्रहरीको भनाई छ ।
नेपाल बन्दकाकारण आज पोखरामा सार्वजनिक सवारी साधन, उद्योगधन्दा पसलहरु केही चलेका छैनन् भने छिटफुट मोटरसाइकलहरु चलेका छन् ।
पोखरा लेखनाथ नगरपालिका ६ ताल बाराही माविमा सुतली बम पड्केको छ । बैशाख ३१ गते हुने निर्वाचनलाई बिथोल्न लक्ष्त गरि बम पड्काएको हुने सक्ने प्रहरीले जानकारी दिएको छ ।
राती करिब साढे ९ बजे सुतली बम पड्को थियो । पोखरा ६ बैदामको तालबाराही माविमा मतदान केन्द्र तोकिएको छ । बम पड्कीदा वरपर ठुलो आवाज आए पनि कुनै क्षेती भने भएको प्रहरीको भनाई छ ।
तनहुँमा शुक्रबार राति दुईवटा गाडीमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । ऋसिङ गाउँपालिका–६ चालिसेमा रोकिराखेको ना ३ ख ३५२५ बस राति नचिनेका मानिसको समूहले आगजनी गरेको हो ।
यस्तै पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे–दमौली सडकखण्डको बन्दिपुर गाउँपालिका–१ बेलभन्ज्याङमा ना ३ ख ९११६ नम्बरको ट्रकमा आगजनी भएको छ ।
आजगनी गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । चुनावको विरोधमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ