सर्वोच्च अदालतमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना युवा पक्राउ

सर्वोच्च अदालतमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८२
  • 4K
    Shares

काठमाडौँ, ८ मङ्सिर २०८२।

सर्वोच्च अदालतमा तोडफोड र आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वोच्च तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा दुई जना युवालाई पक्राउ गरेको हो।

उक्त आरोपमा पक्राउ पर्नेमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।

गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया