नवलपुरमा गएराती बस र ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुरमा गएराती बस र ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०८२
  • 2.3K
    Shares

पोखरा ६ मङ्सिर २०८२।

नवलपुरमा गएराती बस र ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

कावासोती जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई शुक्रबार राति पौने १० बजे बस र ट्रकले जिल्लाको कावासोती नगरपालिका-१६ थारू संग्रहालय नजिक पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा ठक्कर दिँदा मोटरसाकल चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा कावासोती नगरपालिका-१६ गैडाचोक बस्ने वर्ष ४२ वर्षीय हिरा बहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुर्ले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका परियारको उपचार क्रममा राति साढे १० बजे मृत्यु भएको हो।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका-३ पुरानो कावासोतीकी ३२ वर्षीय सुनिता जोहार्जा गम्भीर भएकी छन्। उनको टाउकोमा चोट रहेको र उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्थानीय त्रिभुवनटार बस्ने २४ वर्षीय मिना मगर पनि घाइते भएकी छन्।

मोटरसाइकललाई ठक्कर दिएपछि भागेको बस र ट्रकलाई गएराति नै बर्दघाटबाट नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ।

कर्णाली प्रदेश ०२-००१ख ०५६४ नम्बरको बस र त्यसका चालक पर्साको जगन्नाथपुर गाउँपालिका- ५ बस्ने बर्ष ४४ को जैनुल मियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै ना ६ ख ४८१३ नम्बरको ट्रक र त्यसका चालक मकवानपुरको थाहा नगरपालिका बस्ने बर्ष २८ को बिज्ञान केसीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया