गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारी र सहयाक प्रमुख जिल्ला अधिकारीहरुको ब्यापक सरुवा (गण्डकीमा को कता ?)

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारी र सहयाक प्रमुख जिल्ला अधिकारीहरुको ब्यापक सरुवा (गण्डकीमा को कता ?)


  • जनसञ्चार डट कम समाचारसाता
  • बिहिबार, २७ कार्तिक २०८२
  • 5.6K
    Shares

गृह मन्त्रालय

पोखरा २७ कार्तिक २०८२।

गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५८ जना अधिकारीहरुको एकैपटक सरुवा गरेको छ। त्यसमा अधिकांश जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका अछं।

हेर्नुस् सूची
cdo & sahasachib saruwa

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्याल गृह मन्त्रालयमा तानिएका छन् भने उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट चिन्त्राङ्गत् बराल आएका छन्।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्री रोल्पामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन्। पर्वतमा भने गृह मन्त्रालयबाट नेत्रप्रसाद शर्मा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन भएका छन्।

हिमाल पारीको जिल्ला मुस्ताङमा गृह मन्त्रालयबाट अजिता शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएकी छिन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुसाल भने गृह मन्त्रालयमा तानिएका छन्।

जिल्ला प्रशासन कार्यालय स्याङजाक सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल जुम्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन्। उनको ठाउँमा गृह मन्त्रालयबाट प्रेम सुबेदी आएका छन्।

जिल्ला प्रशासन कार्यालय बागलुङमा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका जनक्देव पन्त सहयाक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन्।

गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल, रोल्पामा गंगा बहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल , डोटीमा कल्पना घिमिरे मुस्ताङमा अजिता शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन्।

प्रतिक्रिया