पोखरा,१३ कात्तिक २०८२।
मेलबर्नमा अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ।
१७ वर्षीय क्रिकेटर बेन अस्टिनलाई नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा लागेको हो।
अभ्यासका क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको थियो।
मंगलबार अस्पताल लगिएपछि बेनलाई लाइफ सपोर्टमा राखिएको थियो। यद्यपि उनको बुधबार मृत्यु भएको बीबीसीले जनाएको छ।
उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ।