पोखरामा तीन वटा जुवाखालाबाट २० जुवाडे समातिए : नाम भने गरिएन सार्वजनिक

पोखरामा तीन वटा जुवाखालाबाट २० जुवाडे समातिए : नाम भने गरिएन सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०८२
  • 6.8K
    Shares

पोखरा ४ कार्तिक २०८२।

मेपाली मात्रको महान चाड मध्येहरुको तिहार शुरु भए संगै जुवातास नियन्त्रण अभियान संचालन गरेको कास्की प्रहरीले पोखराका विभिन्न तीन वटा जुवाखालमा छापा मारेर २० जना पक्राउ गरेको तथ्य सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ८ को नयाँजबार, पोखरा २६ लप्सीबोट र पोखरा २ मोहरियाटोलका जुवाखालहरुमा मारेर २० जना जुवाडे पक्राउ गरिएको दाबी गरेको छ। तर प्रहरीले ती जुवाखालबाट को को जुवाडे समातिएका हुन् भन्ने बारेमा विवरण खुलाएको छैन। तर उनीहरुबाट छ लाख दुई हजार एक सय पांच रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरुको साथबाट चार बुक तास र नगद रु दुई लाख ५१ हजार चार सय ५५ बरामद भएको छ ।

यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा र रु ७७ हजार २०५ नगद फेला परेको छ ।

यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरुको साथबाट छ बुक तास र नगद रु दुई लाख ७३ हजार चार सय ४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार